Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पत्रकारलाई कलाकारको सम्मान (फोटोफिचर सहित)

फिल्मीखबर, काठमाण्डौ, 2014/03/30

चलचित्र पत्रकार संघको नवनिर्वाचित कार्यसमितीलाई नेपाल चलचित्र कलाकार संघले सम्मान गरेको छ । आइतवार कलाकार संघकै कार्यालयमा पत्रकार संघका पदाधिकारीहरूलाई सम्मान गरिएको हो ।

 

 


 

पत्रकारलाई सम्मान गर्दै कलाकार संघका अध्यक्ष नवल खड्काले नेपाली फिल्मको श्रीबृद्धिमा पत्रकारको महत्वपूर्ण भूमिका रहेकाले आफ्नो संघ चलचित्र पत्रकार संघसँग सधै हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए । नराम्रो पक्षलाई भन्दा राम्रो पक्षलाई बढावा दिन पनि उनले पत्रकारहरूलाई आग्रह गरे ।

 

 

 

यता चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले पत्रकार र कलाकार बिच सामान्य बिबाद भईरहनुलाई ठूलो रूपमा नलिएको भन्दै त्यस्ता बिबाद हुन नदिन आफ्नो संघ सधैं क्रियाशिल रहने धारणा राखे । यस्तै उनले नेपाली फिल्मको विकासका लागि पत्रकारहरू सधैं अग्रसर भईरहेको र भईरहने बताए ।

 

 

 

कार्यक्रममा बिभिन्न संघसंस्थाका पधाधिकारीहरूले पत्रकार र कलाकारको सम्बन्ध नङ र मासुको जस्तै भएको भनाई राखे । उनीहरूले कलाकार र पत्रकारको सम्बध सधैं सुमधुर हुनुपर्नेमा जोड समेत दिएका थिए ।