हर्षिका श्रेष्ठ र विक्की मल्लको जोडी दोस्रो पटक पर्दामा एकसाथ देखिंदैछ । निर्देशक शिव घिमिरेले ‘साइकल’ फिल्मका लागि ‘नागबेली’ जोडीलाई मुख्य पात्रको रुपमा फाइनल गरेका हुन् ।
पर्दामा विक्कीले चलाउने साइकलमा हर्षिका चढ्ने छिन् । कलेज पढ्ने विद्यार्थीको साइकल जस्तै जीवनको कथालाई फिल्ममा उतार्न लागिएको निर्देशक घिमिरेले फिल्मीखबरलाई बताए । उनले फिल्मको सुटिङ आउँदो सोमबारबाट सुरु हुने बताए । फिल्मको पूरै छायाँकन काठमाण्डौमा हुनेछ ।
फिल्ममा राजेन्द्र श्रेष्ठको लगानी छ । ‘साइकल’का संगीतकार पनि निर्माता श्रेष्ठ नै हुन् । कविराज गहतराजले नृत्य निर्देशन गर्दैछन् । अन्य प्राविधिक सदस्य चयन हुन् बाँकी रहेको निर्देशकले बताए । हर्षिका चढ्ने र विक्कीले चलाउने ‘साइकल’ सार्वजनिक प्रदर्शनमा भने कस्तो चल्ला ?

