
फिल्मको प्रसारप्रसार गर्ने काईदा फरक फरक हुनसक्छ । यस्तै फरक शैलीको प्रचार अपनाएको छ, फिल्म 'प्रोड्यूसर'ले । आगामी माघ १७ गते रिलिज हुन लागेको यो फिल्मको निर्माण युनिटले दावँली मिलन केन्द्रसँग सहकार्य हरेर 'हेल्थ प्रोग्राम'को आयोजना गर्यो ।

समानुपातिक सभासदको सूचीबाट वञ्चित अभिनेता भुवन केसीले एमालेलाई आफ्नो अमुल्य मत दिएर दोस्रो ठुलो पार्टी बनाएकोमा सम्पूर्ण मतदातालाई धन्यवाद दिदैं पार्टीको निर्णयबाट आफु खुसी रहेको बताएका छन् ।

मुटु कमाउने जाडो र हिन्दी फिल्म ‘धुम थ्री’ को चेपुवामा पर्ने डरले पुस दुई साता कुनै पनि हलमा नयाँ नेपाली फिल्म प्रदर्शन भएनन् । निर्माता तथा वितरकले यो जोखिम मोल्ने चेष्टा गरेनन् । दुई साता फिल्म हलमा नेपाली फिल्मको शून्यता रह्यो । शून्यतालाई तोड्दै आउने शुक्रबार अर्थात पुस १९ गते 'त्रास' नामक फिल्म प्रदर्शन हुने भएको छ ।

एकाध निर्माता निर्देशकले मात्रै फिल्मको प्रिमियरलाई निरञ्तरता दिएको पाइन्छ । यही पुस २६ गते अल नेपाल प्रदर्शन हुने सुरज सुब्बा नाल्बो निर्देशित ‘बितको पल’ फिल्मले प्रदर्शनको दुई हप्ता अगाडी नै भव्य प्रिमियर गर्दैछ । आज (पुस १४ गते) कमलादीस्थित विग मुभिजमा साँझ ५ बजे विशिष्ट व्यत्तित्व तथा सञ्चारकर्मीबिच सत्यप्रेम कथा खुल्दैछ ।

भर्खर पुत्र लाभ गरेको अभिनेता जीवन लुईटेललाई नेपाल जेसीसले राष्ट्रिय युवा सम्मान पुरस्कार प्रदान गरेको छ । अभिनेता लुईटेललाई बाग्लुङमा जारी नेपाल जेशिशको अधिवेशनको अवसर पारेर उक्त सम्मान प्रदान गरिएको थियो ।

संविधानसभाको दोस्रो ठूलो दल एमाले ले समानुपातिकतर्फका सवै सभासद् टुंगो लगाएको छ । एमालेले सार्वजनिक गरेको सभासदको सुचीमा भुवन केसी अटाएका छैनन् ।

