मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

१९ बर्षे ठिटो फिल्म निर्देशनमा

फिल्मीखबर, काठमाण्डौ, 2014/04/01

उत्सव थपलिया सम्भवतः सबैभन्दा कान्छो निर्देशकको परिचय बनाएर नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्दैछन् । मानविकी संकायमा 'प्लस टु' सम्मको अध्ययन सकेका उत्सवले 'बि.एफ.एफ' अर्थात ‘बेस्ट फ्रेण्ड फरेभर’ नामक फिल्म निर्देशन गर्ने औपचारिक रुपमै घोषणा गरेका छन् ।

 

 

उत्सव १९ बर्षका मात्रै हुन् । ‘१९ बर्षकोले के गर्छ ? भन्नेलाई राम्रो फिल्म निर्देशन गरेर दखाउँछु,' आफ्नो खिल्ली उडाउनेप्रति लक्षित गर्दै निर्देशक थपलियाले भने, ‘कम उमेर छ भन्दैमा आफुले गर्ने काममा पछि हट्दिन ।’ फिल्ममा लभ, रोमान्स र एक्सनका दृश्य भरपुर रहने उत्सवले बताए ।

 

उत्सवको फिल्ममा कुनै पनि स्थापित कलाकारले अभिनय गर्ने छैनन् । किन त ? निर्देशक थपलियाको प्रष्ट्याई छ, ‘सब नयाँ हुँदा काम गर्न सहज होला भनेर नयाँलाई लिएको हुँ । मेरो दोश्रो फिल्ममा स्थापित कलाकार हुनेछन् ।’ उत्सवले यसअघि युनिसेभको लागि लघु फिल्म ‘कथा’को निर्देशन गरेका थिए । उत्सवकै उमेर समुहका लोचन आचार्यले फिल्मको कथा लेखका छन् । उनले पनि ‘जुत्ता’ नामक लघु फिल्मको निर्देशकिय पाटोमा सघाएका थिए ।

 

 

 

 

युवा उमेर समुहको मित्रतालाई फिल्मको मुख्य कथा बनाइएको लेखक आचार्यले बताए । एसान अलिको लगानी रहने यस फिल्ममा २०१४ का मिस्टर क्यापिटल मनिष न्यौपाने, आलिया खतिवडा, रिमा साही, सिम्रन लुइँटेल, सृजना पोखरेल, निशा बुढाथोकी, आरुष गुरुङ, एवन उप्रेती, विक्की फैजु, राजन पुरी, हिमाल खत्री लगायतको मुख्य भूमिका छ ।

 

‘नागबेली’ निर्देशक गोविन्द राई 'बि.एफ.एफ'का नृत्य निर्देशक हुन् । दिनेश श्रेष्ठले खिच्ने फिल्ममा सोम जिसीले मुख्य सहायक निर्देशन गर्दैछन् । केही सातामा छायाँकन प्रारम्भ हुने फिल्मको कार्यकारी निर्मात्रीको रुपमा रेखा घिमिरे छिन् । फिल्मलाई भोजपुरीमा समेत डविङ गरिने प्रेसमिटमा जानकारी गराइयो ।