विभिन्न सञ्चारमाध्यममा रंगपत्रकारिता गरिरहेका सञ्चारकर्मीको संगठन चलचित्र समीक्षक समाज नेपाल (फिक्सन)को साधारण सभा सम्पन्न भएको छ । केही दिनअघि भएको साधारण सभाले यज्ञशको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
सर्वसम्मत रुपमा चुनिएको नयाँ समितिमा अच्युत कोइराला उपाध्यक्ष, दीपेन्द्र लामा महासचिव, मनीषा न्यौपाने सचिव र स्मृति ढुंगाना कोषाध्यक्ष रहेका छन् । त्यस्तै सदस्यमा ईश्वर रौनियार, पुनम महर्जन, विष्णु शर्मा र सुक्रित नेपाल छानिएका छन् । कार्यकाल तीन वर्षको रहनेछ ।
फिक्सनले नेपाल पत्रकार महासंघको महाधिवेशनका लागि पार्षद्का रुपमा रमण घिमिरे, प्रदीप भट्टराई, अनुप सुवेदी, नारायण अमृत, भीम खरेल, विनय देवकोटा, क्रन्दन चापागाईं र सामीप्यराज तिमल्सेनालाई निर्विरोध चुनेको छ । साधारण सभाले निवर्तमान अध्यक्ष प्रदीप भट्टराईलाई धन्यवाद ज्ञापन गरेको थियो ।

