Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किन भए सुदर्शन आफै हिरो ?

फिल्मीखबर, काठमाण्डौ, 2014/04/01

आलोक नेम्वाङले निर्देशन गर्ने फिल्म ‘अझै पनि’मा निर्देशक सुदर्शन थापा मुख्य अभिनेताको रुपमा देखिने पक्का भएको छ । कुशल पात्रको नाममा सुदर्शन फिल्ममा प्रस्तुत हुनेछन् । ‘अझै पनि’ को अफिसियल फेसबुक पेजबाट यो कुराको औपचारिक जानकारी गराइएको हो ।

 

चर्चित टेलिश्रृङ्खला ‘दलन’मा सुदर्शनले निभाएको मानवको भूमिकालाई अत्याधिक रुचाइएको थियो । निर्देशक थापाले हालसम्म पाँच वटा फिल्म निर्देशन गरेका छन् । उनले निर्देशन गरेका ‘धन्दा’ बाहेक ‘मेरो एउटा साथी छ’, ‘के यो माया हो’, ‘मेरो लभ स्टोरी’, ‘मधुमास’मा मुख्य अभिनेताको रुपमा आर्यन सिग्देल थिए ।

 

आर्यनलाई किन सुदर्शन आफैंले रिप्लेस गरे ? उनी भन्छन्, ‘यसमा मेरो कुनै हात छैन । निर्देशक आलोक नेम्वाङ र कथाको माग हो । सोचविचार गरेर मात्रै म आफैं हिरो हुने निर्णय लिएको हुँ ।’

 

‘लम्फू’ फिल्ममा समेत मुख्य भूमिका निभाएका सुदर्शन के अब हिरोको दौडमै मात्रै रमाउने हुन् त ? उनले भने, ‘फिल्म निर्देशन नगर्ने भन्ने होइन । अहिलेसम्म संगालेको अनुभवलाई लिएर विशेष खालको फिल्म निर्देशन गर्ने योजना छ ।’

 

निर्देशक थापा हिरो हुने फिल्म ‘अझै पनि’ को सुटिङ वैशाखबाट प्रारम्भ हुने जानकारी छ । फिल्ममा अभिनेता थापा र पुनम गौतमको संयुक्त लगानी छ । फिल्मको अभिनेत्रीको नाम फाईनल नगरिएपनि पूजा शर्माको सम्भावना देखिएको छ ।