Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(156 votes, avg 4.92/5.00)
Text size:-
+
-

`नाइ नभन्नु ल २` हेरेर सेन्सरमै रोए !

फिल्मीखबर, काठमाण्डौ, 2014/04/02

यहि चैत्र २८ गतेबाट प्रदर्शनमा आउन लागेको बालप्रेममा आधारित फिल्म 'नाइ नभन्नु ल २' हेर्दा चलचित्र जाँचपास समितीका सदस्यले आँशु रोक्न सकेनन् । निर्देशक विकास आचार्यले सेन्सरमा उपस्थित सदस्य सहित निर्माण युनिट र आफू पनि फिल्म हेर्दा आँशु झरेको पत्तो नपाएको बताए ।

 

'फिल्मले यसरी रूवाउँछ जस्तो लागेको थिएन,' सेन्सर बोर्डले दिएको 'युनिभर्सल' सर्टिफिकेट हातमा बोकेका निर्देशक आचार्यले भने, 'अरू रूनु त स्वाभाविक नै थियो तर मेरो पनि फिल्म हेर्दै गर्दा आँशु झर्यो । साँच्चिकै फिल्म राम्रो बनेको रहेछ ।' फिल्मका मुख्य पात्र सुरज सिंह ठकुरी स्क्रिप्ट पढ्दा नै रोएका थिए ।

 

भावनात्मक यो फिल्मले दर्शकको आँशु झारेको खण्डमा निर्देशक आचार्यले भने व्यवसायिक सफलता पाउँदा पक्कै हर्षका आँशु झार्नेछन् । फिल्म हेरेपछि हेरेक दर्शकको मनमा आफ्नो फिल्म बस्ने निर्देशक आचार्यले विश्वास व्यक्त गरे ।

 

वान टाइम सिनेमा प्राली र एञ्जल मुभिज, अष्ट्रेलियाको संयुक्त व्यानरमा निर्माण भएको यो फिल्ममा दुई बालकलाकार अनुभव रेग्मी र सुज्ञानी भट्टराईको मुख्य अभिनय छ । यस्तै फिल्मका मुख्य पात्र सुरज सिंह ठकुरी, प्रियंका कार्की, सरोज खनाल, जीवन लुईटेल, बर्षा सिवाकोटी र सिताराम कट्टेल पनि हुन् । बसन्त सापकोटा र सुरेश गैरेको संगीत रहेको यो फिल्मका निर्माता दिनेश कुमार पोखरेल हुन् ।