Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बसन्तका एकसाथ दुई फिल्म । संगीत बजारमा चम्कदै !

फिल्मीखबर, काठमाण्डौ, 2014/04/06

वर्तमान फिल्म बजारका ब्यस्त संगीतकार बसन्त सापकोटाका लागि आउँदौ चैत २८ गते विशेष हुनेछ । बसन्तले संगीत दिएका दुई फिल्म एकसाथ प्रदर्शन हुँदैछन् । बसन्तद्धारा संगीतबद्ध ‘नाइ नभन्नु ल २’ र ‘मनले मनलाई छुन्छ’ नयाँ वर्षको अवसरमा प्रदर्शन पारेर प्रदर्शन हुने फिल्म हुन् ।

 

बसन्तले संगीत दिएको ‘नाइ नभन्नु ल २’ मा सामावेश गीतले हाल बजार पिटिरहेको छ । शिर्ष गीतसँगै ‘यी आँखामा तिमी छौ’, ‘मर्ने कसैलाई रहर हुँदैन’ बोलका गीत दर्शक तथा श्रोतामाझ हिट छन् । बसन्तले संगीत भरेको ‘मनले मनलाई छुन्छ’का गीत पनि सुमधुर छन् । ‘मनले मनलाई छुन्छ’ को ‘हिउँ जस्तै...’ बोलको गीत हालै सार्वजनिक गरिएको छ ।

 

‘सिलसिला’ मा समावेश ‘सागर सरी चोखो माया’ पछि बसन्त नेपाली फिल्मको साँगीतिक फाँटमा चम्किए । बसन्तद्धारा संगीतवद्ध दर्जन बढी फिल्म हिट छन् । ‘नाइ नभन्नु ल २’ कोसँगै बसन्तद्धारा संगीतबद्ध ‘गाला रातै’ र ‘स्लोली स्लोली’ बोलको गीत सर्वाधिक हिट भए । बसन्त हाल सविर श्रेष्ठको निर्देशन एवं निर्माण रहने ‘तथास्तु’ फिल्मको लागि संगीत संयोजन गर्न व्यस्त छन् ।