Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यी प्रोमोले बन्ला त बेष्ट फ्रेण्ड ?

फिल्मीखबर, काठमाण्डौ, 2014/04/06

प्रेमकथामा बनेको फिल्म 'मेरो बेष्ट फ्रेण्ड' रिलिजको संघारमा छ । प्रचारप्रसारमा खरो रूपमा उत्रिन नसकेको यो फिल्मका केहि साँगीतिक प्रोमो रिलिज गरिएका छन् । जुन प्रोमोलाई निर्माण युनिटले फिल्म चलाउने हतियार बनाएको छ ।
 

म्युजिक भिडियो निर्देशनमा सफलता पाईसकेका 'स्वर' फिल्म डेब्यू निर्देशक प्रशन्न पौडेल निर्देशित 'मेरो बेष्ट फ्रेण्ड'मा प्रियंका कार्की, रेश मरहठ्ठा र दिवस उप्रेतीको मुख्य भूमिका छ । तीन साथी बिचको प्रेम सम्बन्धको बिषयमा बनेको यो फिल्ममा सुगम पोखरेल, प्रमोद खरेल र राजनराज शिवाकोटीको संगीत रहेको छ भने गीत भुपेन्द्र खड्काले लेखेका हुन् ।

 

अच्युत अधिकारीको पटकथा तथा संवाद रहेको सो फिल्मलाई बिदूर पाण्डेले खिचेका हुन् भने द्वन्द हिमाल केसीको रहेको छ । त्यसैगरी सम्पादन सुरेन्द्र पौडेल र व्याकग्राउण्ड म्युजिक सुजिल कर्माचार्यको रहेको छ । आशाबादी फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको यो फिल्म बैशाख २६ गते रिलिज हुँदैछ ।