
यसअघि ‘आचार्य’ जस्तो कलात्मक फिल्म निर्माण गरेको सिल्क रुट कम्पनीको आउने फिल्ममा अभिनेताद्धय विराज भट्ट र आर्यन सिग्देल अनुबन्धित भएका छन् । शिर्षक जुर्न बाँकी फिल्ममा विराज र आर्यन मुख्क भूमिकाका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको निर्देशक ऋषी लामिछानेले फिल्मीखबरलाई जानकारी दिए ।

जोरपाटीमा रहेको बुद्धिस्ट बालगृहको सहयोगार्थ लघु फिल्म ‘ठकठकेहरू’को च्यारिटी गरिएको छ । चावहिलस्थित केएल टावरमा आज (फागुन ५) दिउँसो ३ बजे सागर लामिछाने निर्देशित यस फिल्मको च्यारिटी गरियो । जहाँ पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द प्रमुख अतिथि थिए ।

समुदायमै पहिलो पटक निर्माण गरिएको शेर्पा भाषाको फिचर फिल्म ‘कुसुम’को सार्वजनिक प्रदर्शन च्यारेटी पश्चात मात्रै हुने भएको छ । शेर्पा समुदायको कला, संस्कृति र परम्परालाई मुख्य विषय बनाइएको यो फिल्मको यही फागुन ८ गते पहिलो च्यारेटी गरिदैछ ।

आजभोली फिल्मकर्मीको भिड देखिन थालेको छ । फिल्मकोर आफ्नो व्यक्तिगत प्रचार पनि हुने समाजसेवा पनि हुने भन्दै सहयोगका लागि फिल्मकर्मीले अनाथ आश्रमलाई आफ्नो समाजसेवाको गन्तव्य बनाएका हुन् ।

कलाकारको भविष्य नै जोखिममा रहेको नेपाली फिल्म क्षेत्रमा प्राबिधिकको अवस्था झन् दयनिय नै छ । न्यूनतम पारिश्रमिकमा दैनिक गुजारा चलाउने नेपाली फिल्मका प्राबिधिकहरूलाई ठूलै समस्या परे के गर्लान् ?

अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठको आगामी फिल्मी करिअरलाई प्रत्यक्ष असर पर्ने रुपमा फिल्म ‘नोभेम्वर रेन’लाई हेरिएको छ । ‘मेरो एउटा साथी छ’ पछि पर्दामा दोहोरिएको यो जोडीको फिल्मलाई राम्रो व्यापार गर्न सक्ने धेरैको अड्कल छ ।

