Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`आधी बाटो`मा ओईरिए दर्शक !

फिल्मीखबर, काठमाण्डौ, 2014/04/05

'फिल्म 'छ एकान छ'पछि 'आधी बाटो'मा दर्शकको भीड हेर्न पाईयो', वितरक गोपाल कायस्थ खुसी हुँदै भने, 'हामीले जे अपेक्षा गरेका थियौं त्यहि नै भयो ।' हिजो शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'आधी बाटो'को विजनेश अत्यन्त राम्रो भएको उनले फिल्मीखबरलाई जानकारी गराए ।

 

'आधी बाटो' लागेको अधिकांश हल शनिबारका दिन हाउसफुल रहेको काठमाण्डौका वितरक कायस्थले बताए । यता राजधानी बाहिरको वितरण जिम्मा लिएको एफडी कम्पनीका नरेन्द्र महर्जनले पनि फिल्मको विजनेश राम्रो भएको बताए । उनले भने, 'देशभरी नै फिल्मको व्यापार राम्रो छ ।'

 

फिल्म हेरेर निस्किएका दर्शकले अत्याधिक रूचाएको निर्देशक सबिर श्रेष्ठले जानकारी गराए । साँगीतिक प्रेमकथाको फिल्मलाई दर्शकले मन पराईदिएकोमा निर्देशक श्रेष्ठले खुसी व्यक्त गरे । यता निर्माता रमेश त्वायना पनि फिल्म चल्दा दंग छन् । 'हाँसी देऊ एक फेर' रिलिज हुँदा हाँस्न नसकेका निर्माता त्वायनाको मुहारमा अहिले भने हाँसो देखिएको छ । उनको यो हाँसो कति हप्तासम्म देखिन्छ ? दर्शकको माउथ पब्लिसिटीमा भर पर्नेछ ।

 

यश कुमार, जेनिशा केसी, सबिन श्रेष्ठ, अनु शाह, रूवी राणा लगायतको अभिनय रहेको यो फिल्मसँगै प्रदर्शनमा आएका अन्य दुई फिल्म 'डिभोर्स' र 'रङ वे'को व्यापार भने न्यून रहेको रिपोर्ट प्राप्त भएको छ ।