Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कोरियाली सपनालाई अवार्डको ओईरो

फिल्मीखबर, काठमाण्डौ, 2014/04/06

लघु फिल्म ‘द कोरियन ड्रिम’ लाई अवार्डको ओइरो लागेको छ । नेपाली मुलका अशोक थापाले निर्माण एवम् निर्देशन गरेको उक्त २७ मिनेट लामो लघु फिल्मलाई अन्तराष्ट्रिय महोत्सवबाट पुरस्कार मिलिरहेको छ ।

 

नवौं अलजजिरा इन्टरनेशनल फिल्म फेस्टिभलमा प्रिमियर गरिएको यो फेस्टिभलले त्यही फेस्टिभलबाट तीन लाख ६४ हजार रुपैयाँ सहित जुरी अवार्ड समेत हाँसिल गरेको थियो । लगत्तै यसले बग्दाद इन्टरनेशल फिल्म फेस्टिभलमा अप्रिसियन अवार्ड पायो । ‘द कोरियन ड्रिम’ ८ वर्ष लगातार चलेको कोरियाली आन्दोलन माथि केन्द्रित छ ।

 

हालै १३ औं ढाका इन्टरनेशल फिल्म फेस्टिभलमा संसार भरका डकुमेन्ट्रीलाई पछि पार्दै एक-एक लाख टाकाको सर्वोत्कृष्ट अवार्ड थापेको ‘द कोरियन ड्रिम’ले केही दिनअघि क्यानडा इन्टरनेशनल फिल्म फेस्टिभलमा ‘राइजिङ अवार्ड’ पाएको छ । छानिएका अधिकांश फेस्टिभलमा ‘द कोरियन ड्रिम’ खाली हात फर्कनु परेको छैन ।