सुटिङ सम्पन्न भएको झण्डै दुई बर्षपछि निर्देशक शोभित बस्नेत फिल्म ‘जाउँ हिड पोखरा’लाई लिएर सम्पादन स्टुडियोमा छिरेका छन् । रेखा थापा र जीवन लुइँटेलको मुख्य भूमिका रहेको फिल्मको हाल महाराजगञ्जस्थित रेड स्टुडियोमा सम्पादन कार्य भैरहेको छ ।
‘फास्ट कट’ निर्देशकको रुपमा चिनिने निर्देशक बस्नेतले आफ्नै सलोन फिल्मस् ब्यानरको लगानी रहेको फिल्म प्रदर्शनमा चाहिं किन ढिला गरे ? एक भेटमा शोभितले भने, ‘टिपनटापन गर्न जाँदा आफ्नै फिल्म पछि पर्यो ।’ ‘जाउँ हिड पोखरा’ पछि शोभितले 'जंजिर' फिल्म निर्देशन गरे भने ‘एउटा साथी’ निर्माण गर्ने चक्करमा लागे ।
सुटिङको बिचमा पुगेर शोभितले ‘एउटा साथी’ निर्माणबाट हात झिकिसकेका छन् । हिन्दी फिल्मको समेत निर्देशन गर्ने भनेर उद्घोष गरेका शोभित यतिबेला भने ‘जाउँ हिड पोखरा’लाई सम्पादन स्टुडियोबाट झिकेर प्रदर्शन गर्ने तरखरमा छन् । निर्देशक बस्नेतले साउन महिना तिर फिल्मलाई रिलिज गर्ने योजना रहेको बताए ।

