Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हङकङमा ७ औं नेफ्टा ? : चलचित्र पत्रकारलाई प्राबिधिकको सम्मान

फिल्मीखबर, काठमाण्डौ, 2014/04/09

केहि महिना अगाडी मात्र मलेसियामा सम्पन्न ६ औं नेफ्टा अवार्ड यसपटक हङकङमा गर्ने तयारी गरेको आयोजक संस्था नेपाल चलचित्र प्राबिधिक संघले जनाएको छ । मंगलबार राजधानीमा प्रेसभेटघाटको कार्यक्रमका विच संघले हङकङका लागि तयारी गरिरहेको जानकारी गरायो ।


प्राबिधिक संघका अध्यक्ष मनोज केसीले भने, 'हङकङको अवस्था बुझ्न र त्यहाँको आयोजकसँग सहमती गर्न केहि दिनमा हामी त्यसतर्फ जाँदैछौं ।' हङकङमा अवार्ड नभएपनि अरू कुनै देशमा अवार्ड हुने केसीको आशय थियो । 'हामी अब बिदेशी भूमीमा नै अवार्ड गर्छौं,' केसीले भने ।

 

कार्यक्रममा उपस्थित फिल्मकर्मी र चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मोरवैताले हुन लागेको ७ औं नेफ्टा अवार्डको लागि शुभकामना दिए । यसपटकको अवार्डमा अहिलेसम्म १०४ फिल्म सहभागी हुन आईसकेको संघका अध्यक्ष केसीले जानकारी गराए । उनले अझै केहि फिल्म थपिन सक्ने बताए ।

 

 



 

यस्तै कार्यक्रममा प्राबिधिक संघले नवनिर्वाचित चलचित्र पत्रकार संघको कार्यसमितीलाई सम्मान गर्‍यो । पत्रकार र फिल्म क्षेत्र एकअर्काका परिपूरक रहेको भन्दै यसरी सम्मान गर्न पाउँदा आफूहरू खुसी भएको संघका महासचिव अनन्त तिमल्सिनाले बताए ।