Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रोमान्टिक कमेडीमा `जिन्दगी रक्स्`

फिल्मीखबर, काठमाण्डौ, 2014/04/08

म्युजिक भिडियोमा जमेका कलाकार र प्राबिधिकको टिमले रोमान्टिक कमेडी जनरमा 'जिन्दगी रक्स्' नामक लभस्टोरी फिल्म निर्माण गर्ने भएको छ । मंगलबार राजधानीमा प्रेस भेटघाट कार्यक्रमको आयोजना गरि फिल्मको निर्माणको औपचारिक जानकारी गराईयो ।


म्युजिक भिडियोमा अनुभव संगालेका निकेश खड्काले निर्देशन गर्न लागेको 'जिन्दगी रक्स्' नामक फिल्ममा म्युजिक भिडियोमै चलिरहेको अनुहार अकेशा बिष्ट, सौरमराज तुलाधर र सोनाम पाख्रिनले मुख्य भूमिका निर्वाह गर्दैछन् ।

 

फिल्मसँगै म्युजिक भिडियोमा अब्बल मानिएकी अभिनेत्री केकी अधिकारी सहित अर्की अभिनेत्री ऋचा शर्मा, निर्देशक निश्चल बस्नेत र 'होस्टल' डेब्यू अभिनेत्री प्रकृति श्रेष्ठले पनि बिशेष भूमिका निर्वाह गर्ने जानकारी गराईएको छ । द्धन्दनिर्देशक राजेन्द्र खड्गी पनि बिशेष भूमिका देखिने छन् ।

 

भि प्रोडक्सन एण्ड निकेश क्रियशनको व्यानरमा सुजिता श्रेष्ठले निर्माण गर्न लागेको यो फिल्मले युवाहरूको जीवनशैलीलाई कमेडी रूपमा प्रस्तुत गरिने निर्देशक खड्काले बताए । काठमाण्डौ, चितवन र पोखरामा सुटिङ हुने यो फिल्मलाई हरि हुमागाईंले खिच्नेछन् । हरि पनि म्युजिक भिडियोमा सबैभन्दा बढि चलेका क्यामेराम्यान हुन् ।

 

निरज महर्जनको पटकथा रहेको 'जिन्दगी रक्स्'मा सुगम पोखरेल र कमल खत्रीको संगीत र निशान घिमिरेको सम्पादन रहने छ । फिल्मको लगानी ६५ लाख छुट्टाईएको निर्माता श्रेष्ठले बताईन् । कार्यक्रममा उपस्थित अतिथी तथा फिल्मसँग सम्बन्धित व्यक्तिहरूले युवाहरूको नयाँ टिमले नयाँ सोच राखेर फिल्म बनाउन लागेको हुनाले सफलता पाउनेमा विश्वस्त रहेको धारणा राखे ।