स्म्यासिङ एप्पलको दोस्रो प्रस्तुती ‘ताण्डव’ फिल्मको छायाँकन सकिएको छ । नम्रता श्रेष्ठ र र्यापर आशिष राना ‘लाउरे’ को मुख्य भूमिका रहेको ‘ताण्डव’ सुरु गरेको ४६ दिनमा चैत २७ गते छायाँकन सकिएको हो ।
बेलायती निर्देशक मुर्रे केरले निर्देशन गरिरहेको फिल्म ‘ताण्डव’ कुलत र अपराधसँग आधारित छ । फिल्ममा नम्रता र लाउरे सहित अनुप बराल, एलेन गुरुङ र विपिन कार्की भूमिकामा देखिदै छन् । मोहन डोटेल निर्मित फिल्मलाई काठमाण्डौ र तौलिहवामा छायाँकन गरिएको छ ।
फिल्मका छायाँकार नरेन्द्र मैनाली हुन् । स्म्यासिङ एप्पलको इन हाउस स्टुडियोमा सम्पादन हुने फिल्मको रिलिज डेट फिक्स हुन बाँकी छ । चर्चित र्यापर ब्याटल आशिष रानाले पहिलो पटक अभिनय गरेको ‘ताण्डव’ ले ताण्डव मच्याउला ?

