Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

किन बोल्दैनन् रेखा र यश ?

फिल्मीखबर, काठमाण्डौ, 2014/04/09

फिल्मी जमघटमा दुर्लभ देखिने अभिनेत्री रेखा थापा प्रदर्शनरत फिल्म ‘आधी बाटो’को प्रेस शोमा भने सहभागी भइन् । निर्देशक सविर श्रेष्ठको निमन्त्रणमा रेखा कमलादीस्थित कुमारी हलमा पुगेकी थिइन् ।

 

 

रेखा पुरै फिल्म हेरेर बाहिरिएकी थिइन् । ‘आधी बाटो’को शोमा विशेष ‘नोटिस’ हुन पुगेकी रेखा ‘आधी बाटो’ कै अभिनेता यश कुमारसँग शो अवधीभर नै बोलिन् । यी दुईले एक अर्कालाई कर्के नजरले समेत हेरेनन् । एक अर्काको नजिक नपर्न यी दुई तर्किए झै देखिन्थें ।

 

रेखा र यश आफ्नै झुण्ड बनाएर गफ दिन व्यस्त देखिन्थें । आफ्नै फिल्म हेर्न आएकी रेखालाई यशले किन बोलाएनन् ? रेखा किन बोल्न गइनन् ? बोल्ती एकआपसमा बन्द हुनुमा फिल्म निर्माण गर्ने योजनाले फेल खाएपछि भएको भन्ने बजारिमा सुनिने गरेपनि खास कारण खुल्न सकेको छैन ।

 

रेखा र यशले ‘बाटो मुनिको फूल’ र ‘वीर’ फिल्ममा एकसाथ अभिनय गरेका छन् । ‘आधी बाटो’ कस्तो लाग्यो ? भन्ने प्रश्नमा निर्देशक सविर श्रेष्ठ र अभिनेता सविन श्रेष्ठको काम अब्बल रहेको रेखाको प्रतिक्रिया थियो ।