Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यसरी `इन्ट्रोड्यूस` गराईयो `अझै पनि` कलाकार

फिल्मीखबर, काठमाण्डौ, 2014/04/09

केहि नयाँ र फरक सोच राखेर काम गर्न रूचाउने निर्देशक आलोक नेम्वाङले आफ्नो पछिल्लो निर्देशकिय फिल्म 'अझै पनि'का कलाकारको फरक रूपले परिचय दिन खोजेका छन् । उनले सुटिङ पूर्व फिल्मको कथा अनुसार पात्रहरूको फोटो सुट गरेर 'इन्ट्रोड्यूस' गराएका छन् ।


फिल्म सुटिङ पूर्व नै अडियो गीत रिलिज गरेका आलोकले कलाकारलाई पात्रको भेषमा सार्वजनिक गर्दा उनको कामको चर्चा हुन थालेको छ । यसअघि 'सानो संसार' र 'कोही मेरो' फिल्म निर्देशक गरेका म्युजिक भिडियोका सफल निर्देशक आलोकले 'अझै पनि'लाई कस्तो बनाउलान् ? पक्कै दर्शकका लागि प्रतिक्षित बन्न सक्छ ।

 

नयाँ बर्षको अवसर पारेर बैशाखको दोस्रो साताबाट छायाँकन गरिने 'अझै पनि'मा निर्देशक सुदर्शन थापा मुख्य भूमिकामा देखिनेछन् । निर्माता समेत रहेका सुदर्शनसँगै फिल्ममा पूजा शर्मा, सुरक्षा पन्त, प्रमिला खनाल, विपना धिमाल, पुष्प खड्का, विशाल ढुंगानाको पनि मुख्य भूमिका रहनेछ ।
 

हरि लम्साल, महेश खड्का, सचिन सिंह र राजनराज सिवाकोटी संगीत रहने यो फिल्मको कथा रामशरण पाठकले लेखेका हुन् । 'धन्दा' र 'मधुमास'मा कस्टुम स्टाईलिस्टको भूमिका निर्वाह गरेकी पुनम गौतमले सुदर्शनलाई निर्माणमा सहयोग गर्दैछिन् ।