Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकारका कारण ‘ए मेरो हजुर २’ अन्यौलमा !

फिल्मीखबर, काठमाण्डौ, 2014/04/16

अभिनेत्री झरना थापाले निर्देशन गर्ने ‘ए मेरो हजुर २’ मा मुख्य कलाकारको विषयलाई लिएर अन्यौल सृजना भएको छ । कस्ता कलाकार राख्ने भन्ने दुविधा भएका कारण अन्यौल भएको निर्माता सुनिल कुमार थापाले बताए ।

 

फिल्मीखबरसँग कुरा गर्दै निर्माता थापाले भने, ‘मुख्य भूमिकाको लागि दुई जना केटा र एकजना केटी आवश्यक परेको छ । नयाँ लिने कि पूरानो राख्ने भन्नेमा अन्यौलमा छौं । एक सातापछि हामी फाइनल गर्नेछौं ।’ निर्माता थापाले ‘ए मेरो हजुर’ का झरना थापा र श्रीकृष्ण श्रेष्ठ भने सहायक कलाकारका रुपमा दोहोरिने बताए ।

 

‘ए मेरो हजुर २’ को कथा भने झरना स्वयमको हो । सिक्वेलमा ‘ए मेरो हजुर’ कै युनिट दोहोरिएको छ । संगीतकार शम्भूजित बाँस्कोटा र नृत्य निर्देशक बसन्त श्रेष्ठ ‘ए मेरो हजुर २’ का लागि फाइनल भैसकेका छन् । त्रिकोणात्मक प्रेम कहानीको फिल्म ‘ए मेरो हजुर २’ को छायाँकन भदौको पहिलो सातादेखि प्रारम्भ हुनेछ । सुटिङ सुरु हुनु अगाडी औपचारिक कार्यक्रम गर्ने निर्माता थापाले बताए ।