अभिनेत्री प्रियंकाले पहिलो पटक स्वर दिएको फिल्म 'आवरण'को शिर्ष गीत यति बेला निकै चर्चामा छ । प्रियंका कार्की प्रोफेश्नल गायिका होइनन् । तर, प्रियंकाको पहिलो रेकर्डेड स्वर प्रोफेशनल गायिकाको भन्दा कम सुनिएको छैन ।
‘आवरण’को शिर्ष गीतमा प्रियंकासँगै यम वुद्धले स्वर दिएका छन् । शब्द एवं संगीत शैलेन्द्र सिंह र शैलेश श्रेष्ठको छ । ‘आवरण’का निर्देशक सुवास कोइरालाले नै उक्त गीतको करियोग्राफी गरेका हुन् ।
आउँदो जेठ २ गते प्रदर्शन हुने फिल्ममा अभिनेत्री प्रियंका कार्की नै शिर्ष भूमिकामा प्रस्तुत भएकी छन् । साथमा दिव्यदेव र अनुभव रेग्मीको मुख्य भूमिका रहेको छ । प्रस्तुत गीतमा प्रियंकाको स्वर जति सुमधुर लाग्छ भिडियो पनि उत्तिकै सुन्दर देखिएको छ ।
हेर्नुस् गीत

