‘नाईं नभन्नू ल’ को सिक्वेलले फिल्मको बक्स तताइ रहँदा प्रसंशित फिल्म ‘बाटो मुनिको फूल’को पनि सिक्वेल निर्माण हुने भएको छ । ‘बाटो मुनिको फूल २’ शिर्षक दिएर सिक्वेल निर्माण हुने कथाकार एवं अभिनेता यश कुमारले फिल्मीखबरलाई जानकारी गराए ।
‘बाटो मुनिको फूल २’लाई नवल नेपालले निर्देशन गर्नेछन् भने बावु बोगटी र यश कुमार मुख्य कलाकारको रुपमा दोहोरिएका छन् । ‘बाटो मुनिको फूल’ मा सुरज सुब्बा ‘नाल्बो’ निर्देशक थिए । जातिय विभेद, प्रेम र विछोडको ‘बाटो मूनिको फूल’ बाटै नाल्बो फिल्म निर्देशनमा चम्किएका थिए । अभिनेत्रीमा रेखा थापा र नन्दिता केसी थिए ।
सिक्वेलमा खेल्ने नायिकाको भने टुङ्गो लागि सकेको छैन । ‘नव नायिकाको खोजीमा छौं,’ यशले भने । सिक्वेलमा पनि संगीत स्वयम् यशले नै सृजना गर्दैछन् । जगदिश्वर थापाले ‘बाटो मुनिका फूल २’ संवाद तयार गर्दैछन् । संजय लामाको छायाँकन रहने फिल्ममा चन्द्र पन्तको द्धन्द्ध निर्देशन रहनेछ । सरु न्यौपाने, गोकुल थापा र प्रेम कँडेल फिल्मका निर्माता हुन् ।

