
नेपाली फिल्मी कलाकार पछिल्लो समय सामाजिक देखिन थालेका छन् । सहयोगको आवश्यकतामा रहेका व्यक्तिप्रति सहयोगी भाव देखाउने कलाकारको जमात बढ्दै गएको छ ।

अभिनेत्री रेखा थापा फिल्म ‘हिम्मतवाली’लाई सफलसँगै असल बनाउने कसरतमा छिन् । दृश्यलाई उत्कृष्ट रुपले क्यामेरामा कैद गर्ने छायाँकार पुरुषोत्तम प्रधानलाई रेखाले ‘हिम्मतवाली’मा अनुबन्धित गरेकी छिन् ।

'लुट' पश्चात सफल फिल्मको अभिनेता हुन नसकेका सौगात मल्ल 'फिटकिरी'बाट भने निकै आशावादी छन् । यिनै अभिनेताले अभिनय गरेको फिल्म 'फिटकिरी'को गीत सार्वजनिक गरिएको छ जहाँ उनले आफ्नो मायामा पहिरो गएको भावना पोखेका छन् ।

नेपाललाई अन्तराष्ट्रिय फिल्म महोत्सवको आयोजना स्थल बनाउने उद्देश्यले 'काठमाडौं अन्तर्राष्ट्रिय फिल्म महोत्सव' (किफ) आयोजना हुने भएको छ । नेपाल फिल्म सोसाइटीले आयोजना गर्न लागेको सो महोत्सव आगामी सोमबारबाट रसियन कल्चर सेन्टरमा सुरु हुने छ ।

चलचित्र विकास बोर्डबाट गठित आदिवासी जनजाति मातृभाषा चलचित्र प्रवर्द्धन समितिको दश दिने गोष्ठी प्रारम्भ भएको छ । आदिवासी जनजाती मातृभाषाको फिल्म प्रवर्द्धनका लागि पाल्पाको तानसेनमा उक्त गोष्ठी सुरु भएको हो ।

छैटौं नेफ्टा अवार्डमा अभिनेता जीवन लुइँटेल, अभिनेत्रीद्धय सञ्चिता लुइँटेल र प्रियंका कार्की छुट्ने भएका छन् । यही जनावरी ३१ तारिखमा मलेसिया हुने नेफ्टा अवार्ड छोडेर यी कलाकार मलेसियामै हुने एनसेल इभेन्टसमा सहभागी हुने भएका हुन् ।

