Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुवासको बिर्खेमा आफ्नै कथा

फिल्मीखबर, काठमाण्डौ, 2014/05/02

अभिनेता सुवास थापा ठूलै संघर्षले अभिनयको क्षेत्रमा प्रवेश गरेका हुन् । नाटक सिक्न सुवासले घर परिवार नै त्याग गर्नु परेको थियो । उनी लामो समयसम्म परिवार छोडेर नाटक सिक्नतिर लागे । स्टेज नाटकमा राम्रो प्रस्तुती दिएपछि सुवास नेपाली फिल्ममा देखिए ।

 

 

आलोक नेम्वाङ निर्देशित ‘कोही मेरो’ मा महत्वपूर्ण भूमिका निभाउने अवसर पाए । त्यसपछि सुवासले अन्य फिल्ममा पनि अभिनय गरे । अभिनेता सुवास थापा अब फिल्मका निर्माता पनि भएका छन् । उनले आफ्नै लगानीमा ‘बिर्खेलाई चिन्छस्’ नामक फिल्म निर्माण गरेका छन् । संघर्ष गरेर अभिनय क्षेत्रमा प्रवेश गरेका सुवासले आफ्नो पहिलो फिल्ममा पनि संघर्षको कथालाई मुख्य विषय बनाएका छन् ।

 

अराज केशवको डेव्यु निर्देशन रहेको ‘बिर्खेलाई चिन्छस्’ मा एउटा साधारण व्यक्तिले लक्ष्य पूरा गर्न गर्नुपर्ने संघर्षलाई देखाउन खोजिएको छ । जुन सुवासको व्यक्तिगत जीवनसँग मेल खान जान्छ । फिल्ममा सुवास स्वयम्ले नै मुख्य भूमिका निभाएका छन् । फिल्ममा सुवासलाई नव प्रस्तुतीको रूपमा आयुषा राईले अनस्क्रिन साथ दिएकी छिन् । हाल पोष्ट प्रोडक्सनमा रहेको ‘बिर्खेलाई चिन्छस्’ आउँदो भदौ २० गते अल नेपाल प्रदर्शन हुँदैछ ।