Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हेमासँग प्रियंका भिड्ने

फिल्मीखबर, काठमाण्डौ, 2014/05/02

फिल्म ‘मेरो वेस्ट फ्रेन्ड’ को प्रदर्शन मिति दुई साता सारिएको छ । वैशाख २६ मा हल संख्या न्यून हुने भन्दै ‘मेरो वेस्ट फ्रेन्ड’ जेठ ९ मा प्रदर्शन हुने भएको हो । जेठ ९ मा ‘हँसिया’सँग ‘मेरो वेस्ट फ्रेन्ड’ को प्रतिस्पर्धा हुनेछ ।

 

निर्देशक प्रसन्न पौडेलले प्रदर्शन मिति सारिएको बारे भने, ‘अहिले फिल्म चलिरहेको अवस्था छ । यो खुसीको कुरो हो । प्रदर्शनरत फिल्मले गर्दा हाम्रो फिल्मलाई हल कम हुने देखेर प्रदर्शन मिति सारिएको हो ।’ जेठ २६ बाट ‘मेरो वेस्ट फ्रेन्ड’ ब्याक भएपछि ‘दमदार’ र 'रेड मनसुन'लाई फाइदा पुग्ने देखिएको छ ।

 

‘मेरो वेस्ट फ्रेन्ड’ ले ‘हँसिया’ सँगै ‘लुकी लुकी’, ‘मिस नेपाल’ नामक फिल्मसँग हल बाँढ्नु पर्नेछ । यद्पी जेठ ९ मा प्रदर्शन हुने ‘हँसिया’ फिल्म मात्रै प्रतिक्षित बन्न सफल भएको छ । मिलन चाम्स निर्देशित ‘हँसिया’ मा मोडल हेमा श्रेष्ठले खतरनाक एक्सनका दृश्य दिएकी छिन् ।

 

‘मेरो वेस्ट फ्रेन्ड’ वर्तमान व्यस्त अभिनेत्री प्रियंका कार्कीको पहिलो फिल्म हो । जहाँ प्रियंकाको विकिनी अवतारलाई देख्न सकिन्छ । जेठ ९ मा प्रदर्शन हुने हेमाको ‘हँसिया’ र प्रियंकाको ‘मेरो वेस्ट फ्रेन्ड’ मध्ये कसले व्यावसायिक बाजी मार्ला ?