वैशाख २६ गते अल नेपाल प्रदर्शन हुने फिल्म ‘दमदार’ सेन्सर पास भएको छ । चलचित्र जाँच पास समिति (सेन्सर वोर्ड) ले ‘दमदार’लाई 'पिजी' प्रमाण पत्र दिएको छ । यो फिल्म हेर्न १६ वर्ष मुनिका बालबालिका अभिभावकको साथमा जानुपर्नेछ ।
द्धन्द्धका दृश्यलाई कारण बनाएर सेन्सर वोर्डले उक्त प्रमाण पत्र दिएको निर्माता सुमन विष्टले फिल्मीखबरलाई बताए । निर्माता विष्टले भने, ‘रेखाजीको इन्ट्री फाइट नै बबाल छ । रेखाजीको फाइटलाई आधार बनाएर सेन्सरले पिजी सर्टिफिकेट दियो ।’ निर्माता विष्टका अनुसार अभिनेता सविन श्रेष्ठले बोल्ने गुन्डा, पुलिस र मन्त्री शब्द माथि सेन्सरले ‘साउन्ड म्यूट’ गर्ने निर्देशन दिएको छ ।
कमलकृष्ण निर्देशित ‘दमदार’ अभिनेत्री रेखा थापा र सविन श्रेष्ठ मुख्य भूमिकामा प्रस्तुत भएका छन् । साथमा कमलकृष्ण र बासु पुडासैनीको अभिनय तथा अर्चना देलालको आइटम नृत्य रहेको छ । ‘दमदार’ लाई सुमन र चन्द्र गौतमले संयुक्त रुपमा लगानी गरेका हुन् ।

