Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18121 - 18126 of 24014
फिल्मीखबर, काठमाण्डौ, 2014-03-13, बिहिवार

रंगकर्मी अनुप बराल फिल्म ‘फिटकिरी’ मार्फत फिचर फिल्मको निर्देशक भएका छन् । बरालको पहिलो निर्देशकिय फिचर फिल्म आउँदो चैत ७ गते अल नेपालबाट प्रदर्शनमा आउँदैछ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-03-13, बिहिवार

यो साता दुई नेपाली फिल्म प्रदर्शनमा आउँदैछन् । सुस्त प्रचारमा छोटा बजेटका दुई फिल्म ‘ब्रम्हा’ र ‘चियर्स’ फागुन ३० गते काठमाडौं तथा मोफसलका पर्दामा प्रदर्शन हुँदैछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-03-12, बुधवार

अभिनेत्री रेखा थापाले निर्माण गरेको फिल्म 'हिम्मतवाली'को निर्देशन बिचैमा छोडेर आएको निर्देशक श्याम भट्टराईले बताएका छन् । रेखाले बिरामी भएर काठमाण्डौ पठाएको भनाईलाई खण्डन गर्दै निर्देशक भट्टराईले उनको अभद्र व्यवहारले गर्दा सुटिङ छोडेर आएको बुधबार जारी प्रेस विज्ञप्तीमा उल्लेख गरेका छन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2014-03-12, बुधवार

प्रेम जोडीबिच आउने उतार चढावलाई मुख्य प्लट बनाइएको ‘ऋतु’ फिल्म यतिबेला देशका पर्दामा प्रदर्शनरत छ । मनोज अधिकारीको पहिलो निर्देशकिय फिल्म ‘ऋतु’ ले व्यापारिक रुपमा निर्मातालाई त्यती राहत दिन सकिरहेको छैन । तर, मिस नेपाल मलिना जोशीलाई भने पहिलो फिल्म ‘ऋतु’ले खुसी सँगै फिल्म खेल्न पनि आर्कषण गरिरहेको छ ।

फिल्मीखबर, क्वालालम्पुर, 2014-03-12, बुधवार

झण्डै एक महिना मलेसियामा बसेर सुटिङ नगरी नेपाल फर्केको 'ब्ल्याक एण्ड ह्वाईट' फिल्म निर्माण युनिट गत साता पुन: मलेसियामा देखिएको थियो । सुटिङका लागि मलेसियाको आएको युनिट एक साता नबित्दै नेपाल फर्केको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2014-03-12, बुधवार

२०६१ भदौ पन्ध्र गते (नेपालीका लागि कालो दिन) इराकमा हत्या गरिएका १२ जना नेपालीको विषय माथि निर्माण गरिएको 'बाह्र नेपाली एक चिहान' फिल्मको पहिलो प्रदर्शन हङकङमा हुने भएको छ ।
 

Results : 18121 - 18126 of 24014