Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

`नोभेम्वर रेन` निर्माता भन्छन्, `मुनाफा कमाउँछु`

फिल्मीखबर, काठमाण्डौ, 2014/05/01

गत साता प्रदर्शनमा आएको फिल्म ‘नोभेम्वर रेन’ को एक हप्ते ग्रस कलेक्सन सार्वजनिक भएको छ । निर्माता तथा वितरकले ‘नोभेम्वर रेन’को एक हप्ते कलेक्सनलाई अनपेक्षित कलेक्सन भनेका छन् ।

 

वितरक सुनिल मानन्धरले ‘नोभेम्वर रेन’ को एक हप्ते ग्रस कलेक्सन काठमाण्डौ मात्रै ५५ लाख रुपैयाँ रहेको जानकारी दिए । काठमाण्डौका १० वटा हलमा ‘नोभेम्वर रेन’ दोश्रो हप्तामा प्रदर्शन हुने वितरक मानन्धरले बताए ।

 

त्यस्तै मोफसल वितरक मनोज राठीले भने एक सातामा ‘नोभेम्वर रेन’को देशभरको ग्रस कलेक्सन एक करोड चालिस लाख रुपैयाँ रहेको भन्ने जानकारी दिए । पहिलो हप्ता रिलिज भएका अधिकांश मोफसलका हलमा ‘नोभेम्वर रेन’ दोश्रो हप्तामा पनि रिलिज हुने वितरक राठीले बताए । मोफसलमा ‘नोभेम्वर रेन’ ३० बढी हलमा प्रदर्शनरत छ ।

 

निर्माता सुवास गिरीले शनिबारको व्यापारबाट ‘नोभेम्वर रेन’ को लगानी सुरक्षित हुने दाबी गरे । उनले भने, ‘नेपालबाटै मुनाफा हात पर्ने देखिएको छ ।’ प्रचार प्रसार खर्च सहित ‘नोभेम्वर रेन’को कुल लगानी ७० लाख दाबी गरिएको छ । दिनेश राउत निर्देशित ‘नोभेम्वर रेन’ मा आर्यन सिग्देल, नम्रता श्रेष्ठ र छुल्ठिम गुरुङको मुख्य भूमिका रहेको छ ।

 

'नोभेम्बर रेन'सँगै प्रदर्शनमा आएको फिल्म 'कबड्डी'ले पनि सफलताकासाथ दोस्रो साताको यात्रा तय गरेको छ भने 'नाईं नभन्नु ल २' सफलताकासाथ चौथो सातामा प्रदर्शन हुनेछ । यि तीन फिल्मले सफलताको बाटो पाएपछि भोली शुक्रबार रिलिज हुने दुई नयाँ फिल्म 'वर्ल्ड कप इन नेपाल' र 'माया गर ल'लाई भने अफ्ठ्यारो पर्ने देखिएको छ । हल नपाएकै कारण 'वर्ल्ड कप इन नेपाल' मोफसलमा रिलिज हुने छैन ।