अभिनेत्री रेखा थापाले पूर्व पति छबिराज ओझालाई फेसबुक मार्फत खुल्ला पत्र लेखि कोब्रा सर्प बनेर डस्ने उद्घोष गरेकी छिन् । आफ्नो बारेमा नकारात्मक टिप्पणी गर्दै हिडेको आरोप लगाउँदै रेखाले लेखेकी छिन्, 'सुतिरहेको कोब्रा साँपलाई घरि घरि जिस्काई नराख, डस्ला कुनै दिन।'
आफ्नो नाम नलिकन नै व्यवसायिक प्रतिश्पर्धामा आउन छबिलाई खुल्ला चुनौती दिंदै रेखाले आफ्नो सफलतामा डाह नगर्न भनेकी छिन् । मानसिक सन्तुलन गुमेको भन्दै रेखाले छबिलाई पशुसँग तुलना समेत गरेकी छिन् ।
'हुन त तेरो पाप दिन प्रतिदिन तेरो सामु आउदै छ, अझै कति देख्नु पर्ने हो यो आखा ले। झुन्डेर मरेको वा मारेको प्रेत आत्मा को पनि सराप लाग्छ नै तलाई,' प्रस्तुत हरफ रेखाले किन लेखिन् ? छबिले सायद बुझे होलान् । फिल्म क्षेत्रको एउटा स्टारले यसरी फेसबुकमा यस किसिमको अभिव्यक्ति दिनु कत्तिको जायज हो ? मूल्याङ्कन हुने नै छ ।
यता छबि ओझाले भने रेखाको बारेमा नकारात्मक टिप्पणी नगरेको बताए । उनले भने, 'मैले उहाँलाई सधैं सम्मान गरेको छु । उहाँ मेरो चेली हो । चेलीलाई सम्मान गर्नु मेरो धर्म हो ।' यस्तै छबिले आफू फिल्म क्षेत्रमा कसैसँग प्रतिश्पर्धा गर्न नआएको कोही व्यवसायिक प्रतिश्पर्धा गर्न आउँछ भने लड्न तयार भएको अभिव्यक्ति दिए ।
रेखाले प्रयोग गरेका शब्दहरूप्रति छबिले आक्रोश व्यक्त गरेनन् । उनले भने, 'जस्को जति विवेक छ त्यति नै प्रयोग गर्ने हो । उहाँको विवेकले त्यति नै सोच्यो र भन्नुभयो ।'
रेखाले फेसबुकमा लेखेको खुल्ला पत्र यस्तो छ -
.jpg)

