अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठको मुख्य अभिनय रहेको फिल्म ‘नोभेम्वर रेन’ हाल दोश्रो सातामा प्रदर्शनरत छ । यो फिल्मको व्यापार अपेक्षा गरिए भन्दा राम्रो रह्यो । ‘मेरो एउटा साथी छ’ पछि आर्यन र नम्रताको जोडी ‘नोभेम्वर रेन’ मा दोहोरियो । आर्यन नम्रताको जोडी रजतपटमा उत्कृष्ट रहेको धेरैको बुझाइ छ ।
आर्यन र नम्रता आफुमा पनि एकदमै मिल्ने साथी हुन् । ‘नोभेम्वर रेन’को प्रेस शोमा आर्यन र नम्रताको मित्रता प्रष्टैसँग झल्किएको थियो । नम्रतालाई भमिट हुँदा आर्यनले वाथरुमसम्म लैजान सहयोग गरेका थिए । रियल र रिल दुवैमा जमेको यो जोडी एकअर्काका लागि भने कत्तिको फाइदाजनक होला ?
फिल्म वृत्तमा भने आर्यनसँको क्यामेस्ट्री नम्रतालाई लाभदायक नरहेको टिप्पणी हुन थालेको छ । आर्यनसँग पहिलो पटक अभिनय गरेको ‘मेरो एउटा साथी छ’ प्रदर्शनताका नम्रता भिडियो काण्डमा परिन् । जसले नम्रताको फिल्म करिअरलाई अगाडी जानबाट प्रत्यक्ष रुपमा रोक्यो । त्यस्तै आर्यनसँगको दोश्रो फिल्म ‘नोभेम्वर रेन’ प्रदर्शन हुँदा नम्रता गम्भिर बिरामी पर्न गइन् । जसको असर फिल्मको प्रचार प्रसारमा देखियो ।
‘नोभेम्वर रेन’ को प्रचार प्रसारमा मुख्य हिरोइन नम्रता 'माइनस' र नव कलाकार छुल्ठिम गुरुङ 'प्लस' हुन आइन् । लगातार फ्लप फिल्मको हिरोइनको ट्याग पाएकी नम्रतालाई आर्यनसँगको सहकार्यले हिट फिल्म त दियो तर व्यक्तिगत रूपमा भने केहि असर देखियो । आर्यन र नम्रताको केसमा 'स्याल कराउनु र बाख्रो हराउनु' जस्तै भएको त हैन ?

