Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

गरिमालाई राष्ट्रपतिको बधाई

फिल्मीखबर, काठमाण्डौ, 2014/06/05

सार्क फिल्म फेस्टिभलमा फिल्म ‘झोला’बाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड पाउन सफल अभिनेत्री गरिमा पन्तलाई राष्ट्रपति रामवरण यादवले बधाई दिएका छन् । गरिमालाई बिहिबार राष्ट्रपति भवन शितल निवासमा डाक्दै राष्ट्रपतिले बधाई दिएका हुन् ।

 



पत्रकारको टोली सहित राष्ट्रपति निवास पुगेकी गरिमालाई यादवले भने, ‘देशको नाम राखेकोमा बधाई छ । देशको लागि सबैले आ-आफ्नो क्षेत्रमा काम गर्ने हो । जुन क्षेत्रबाट भएपनि देशलाई नै राम्रो हुन्छ ।’ अभिनेत्री पन्तले पनि राष्ट्रपतिको यस प्रकारको भनाईबाट खुसी हुँदै भनिन्, ‘मेरो लागि यो अवसर थूलो हो । सक्दो राम्रो गर्ने प्रयास गर्नेछु ।’

 



एक सय वर्ष पहिलेको सती प्रथाको विरुद्धको फिल्म ‘झोला’ मार्फत गरिमाले पहिलो पटक यस प्रकारको सफलता पाएकी हुन् । उनले ‘झोला’मा सती जानबाट संघर्ष गरेर भाग्ने युवतीको भूमिका निभाएकी छिन् । कृष्ण धारावासीको ‘झोला’ कृतिमा आधारित ‘झोला’ फिल्म व्यवसायिक रुपमा समेत सफल भएको थियो ।

Most Visited News (monthly)