Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

छैटौं वर्षमा फिल्मीखबर : फिल्मकर्मी के भन्छन् त ?

फिल्मीखबर, काठमाण्डौ, 2014/06/06
अनलाइन मार्फत सम्पूर्ण फिल्म क्षेत्र र फिल्म क्षेत्रसँग सम्वद्ध सत्य तथ्य समाचार प्रकाशन गर्दै आइरहेको फिल्मीखबर डट कम (www.filmykhabar.com) यही जेठ २६ गतेबाट छैठौं वर्षमा प्रवेश गर्दैछ । आगामी दिनहरुमा पनि फिल्म क्षेत्रसँग सम्बन्धित सत्य तथ्य समाचारलाई प्रकाशन गर्ने कार्यमा हामी निरञ्तर रुपमा लागि रहने छौं ।
 
 
 
आफ्नो वार्षिक उत्सव तथा नेपाली फिल्म क्षेत्रको विकास, विस्तार र फिल्मकर्मीलाई हौसला प्रदान होस् भनी फिल्मीखबर डट कमले ‘मिन्स्क अनलाइन फिल्मीखबर अवार्ड ०७१’ को आयोजना समेत गर्दैछ । जेठ २६ गते कमलादीस्थित प्रज्ञा भवन हलमा हुने दोश्रो संस्करणको उक्त अवार्ड समारोहमा सहभागी हुन सम्पूर्ण  फिल्मकर्मी तथा फिल्म सम्वद्ध संघ संस्थामा आवद्ध प्रतिनिधिलाई हार्दिक निमन्त्रणा व्यक्त गरिन्छ । 
 
फिल्मीखबरको छैठौं वार्षिक उत्सवको अवसर पारेर हामीले फिल्म सम्वद्ध संघ संस्थाको मुख्य प्रतिनिधि एवं केही अग्रज कलाकारसँग शुभकामना सहित फिल्मीखबरप्रति तपाईंको धारणा के छ ? भनी बुझ्ने प्रयास गरेका छौं ।
 
धमेन्द्र मोरवैता
अध्यक्ष, चलचित्र विकास वोर्ड 
फिल्मीखबर डटकमले फिल्म क्षेत्रको विकास र उत्थानका लागि लागि अहिलेसम्म राम्रो कार्य गर्दै आइरहेको छ । आगामी दिनमा पनि यो कार्यलाई अगाडी बढाउँदै जाओस् र गलत काम गर्नेलाई सचेत गराओस् मेरो शुभकामना छ ।
 
राजकुमार राई
अध्यक्ष
चलचित्र निर्माता संघ
फिल्मीखबर डटकम सम्भवतः नेपाली फिल्मी वेब साइटमध्ये अग्रणी वेब साइट हो । यसले समय सापेक्ष उल्लेखननिय रुपमा प्रगती गर्दै गइरेहको छ । स-साना त्रुटीलाई कम गर्दै फिल्म र फिल्म क्षेत्रको भविष्य उज्जवल पार्नेतर्फ फिल्मीखबर लागोस् । हाम्रो साथ सहयोग रहनेछ । अवार्डको पनि निरञ्तरता होस्, शुभकामना छ ।
  
दिनेश डिसी
अध्यक्ष
चलचित्र निर्देशक समाज
फिल्मीखबर डटकम परिवारलाई छैठौं वार्षिक उत्सबको मेरो शुभकामना छ । बढी हेरिने मध्ये यो वेब साइट पनि पर्न आउँछ । आगामी दिनमा पनि फिल्मीखबर डट कमले आफ्ना विश्वश्नीयतालाई कायम गर्दै जाओस् भन्ने मेरो कामना छ । क्षणिक लोकप्रियता कमाउने गसिप भन्दा पनि अन्य विश्लेषणत्मक समाचार प्रकाशनमा जोड दिओस् भन्ने मेरो चाहना हो । 
 
नवल खड्का
अध्यक्ष
नेपाल चलचित्र कलाकार संघ
फिल्मीखबर डटकम सारा फिल्मकर्मी तथा दर्शकको मनमा राज गर्न सफल होस् । फिल्मीखबर छैटौं वर्षमा प्रवेश गरेकोमा हार्दिक शुभकामना व्यक्त गर्दछु । व्यवसायिक रूपमा बामे सर्दै गरेको नेपाली फिल्म क्षेत्रमा गत बर्षदेखि आयोजना हुँदै आएको ओफा अवार्डले यो क्षेत्रको विकास विस्तारमा ईटा थप्ने काम गरेको छ । आगामी बर्षमा पनि यो अवार्ड निस्पक्षतालाई कायम राख्दै अगाडी बढ्दै जाओस्, मेरो र संस्थाको तर्फबाट शुभकामना !
 
 
मनोज केसी
अध्यक्ष
चलचित्र प्राविधिक संघ
नेपाली फिल्म क्षेत्रको विकास र विस्तारको लागि फिल्मीखबर डटकमले महत्वपुर्ण भूमिका खेल्दै आएको छ । यो अनलाइनको आफ्नै छाप छ । हामी प्राविधिकको समाचारलाई पनि फिल्मीखबरले स्थान दिदैं आएको छ । कसैको पक्ष वा विपक्ष भन्दा पनि निस्पक्ष भएर समाचार सम्पेषण गर्दै जाओस् । फिल्मीखबर डटकम परिवारलाई चलचित्र प्राविधिक संघ शुभकामना व्यक्त गर्दछ ।
 
योगेन्द्र श्रेष्ठ
अध्यक्ष
चलचित्र द्धन्द्ध कलाकार संघ
फिल्मीखबर डटकम नेपालमा मात्रै नभएर विदेशमा पनि सबैभन्दा बढी हेरिने वेब साइट पर्छ जस्तो मलाई लाग्छ । त्यसैले यो साइटले फिल्म क्षेत्रको लागि धेरै नै महत्व राख्दछ । सबैको रोजाइमा पर्ने फिल्मीखबर डटकमले आगामी दिनमा पनि फिल्म क्षेत्रलाई सचेतना जगाउँदै निष्पक्ष समाचार प्रकाशन गर्दै जाओस् मेरो शुभकामना छ ।
 
शान्ति प्रिय
अध्यक्ष
चलचित्र पत्रकार संघ
फिल्मी वेबसाइट मध्ये फिल्मीखबर डटकमले आफुलाई अग्रणी रुपमा राख्दै आएको छ । अझै समाचार सम्प्रेषण द्रुत गतिमा गर्दै जाओस् शुभकामना छ । कुनै पनि समाचार अध्ययन गरेर प्रकाशनमा ल्याएपछि हटाउने प्रविधिलाई सच्याएर लैजानु पर्ने मेरो सुझाव छ ।

 

Most Visited News (monthly)