Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

यश कुमारलाई मातृ शोक

फिल्मीखबर, काठमाण्डौ, 2014/06/07

गायक तथा नायक यश कुमारलाई मातृ शोक परेको छ । यशको ८१ वर्षीय आमाको शुक्रबार बिहान निधन भएको हो । ‘व्रेन ह्याम्ब्रेज’ भएपछि तीन दिन अगाडी यश आमालाई विर अस्पतालको आइसियुमा भर्ना गरिएको थियो ।

फिल्मीखबरसँग यशले आफ्नी आमाको निधन भएको दुःखद खबर सुनाए । उनले आमाको दुःखद निधनका कारण यसै साता हुने दार्जिलिङको साँगीतिक कार्यक्रम पनि रद्द हुन गएको बताए । यश जाने दार्जिलिङको कार्यक्रमको टिकट समेत बिक्रि भैसकेको थिाये ।

आमाको निधनसँगै यशले निर्माण गर्ने ‘बाटो मुनिको फूल २’ को छायाँकन मिति पनि धकेलिएको छ । भदौमा छायाँकन सुरु गर्ने भनी यो फिल्मको तयारी भईरहेको थियो ।आफ्नै कथामा निर्देशक नवल नेपाललाई निर्देशक लिएर यश ‘बाटो मुनिको फूल २’ निर्माण गर्ने तयारीमा छन् । जहाँ यश र बाबु बोगटीको अभिनय रहनेछ । अन्य दुई हिरोइन फाइनल हुने क्रममा छन् ।

यस दुःखद घडीमा फिल्मीखबर परिवार गायक तथा नायक यशकुमारको परिवारप्रति धैर्य धारणको कामना गर्दछ ।

Most Visited News (monthly)