Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.00/5.00)
Text size:-
+
-

`कोहिनूर`मा श्री र स्वेताको रोमान्स (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2014/06/07

'कहाँ भेटिएला' जस्तो सफल फिल्म निर्माण गरेका अभिनेता श्रीकृष्ण श्रेष्ठको नयाँ फिल्म ‘कोहिनूर’ का दुई गीत एक साथ सार्वजनिक भएको छ । दुबै गीतमा श्रीकृष्णसहित स्वेता खड्का फिचरिङ छन् ।

 

शम्भूजीत बाँस्कोटाको संगीत रहेको नेपाली गीत 'के म तिम्रो हैन र' मा अभिजित र साधना सरगमको स्वर रहेको छ भने हिन्दी भर्सनको गीत 'सलाम लिजिए'मा उदित नारायण झा र सोनु कक्करको स्वर रहेको छ । दुबै गीतका करियोग्राफर बसन्त श्रेष्ठ हुन् । 

श्रावण २३ रिलिज हुने यो फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । आकाशले 'काठमाण्डू' पछि 'कोहिनूर' निर्देशन गरेका हुन् । भारत र नेपालमा सुटिङ गरिएको यो फिल्मलाई राजुबिक्रम थापाले खिचेका हुन् । आकाश अधिकारीकै कथा रहेको यो फिल्मले मुम्बईमा बेचिएकी नेपाली चेलीको कथा भन्छ ।


 

 

Most Visited News (monthly)