अभिनेत्री नम्रता श्रेष्ठले यसपटकको विश्व वातावरण दिवस केन्द्रिय बहिरा उच्च माध्यमिक स्कुलका बहिरा विद्यार्थीहरुसँग मनाएकी छिन् । बिहीबार बालमन्दिरस्थित केन्द्रिय बहिरा उच्च माध्यमिक स्कुलमा चिया गफ टिमले आयोजना गरेको ‘पानी रंग चित्रकला प्रतियोगिता’मा उत्कृष्ट हुने रोशनकुमार श्रेष्ठलाई अभिनेत्री श्रेष्ठले पुरस्कार प्रदान गरिन् ।

‘बहिरा र अपांग युवाहरुसँग विश्व वातावरण दिवसमा केहीबेर रमाइलो गर्ने अवसर मिल्यो । उहाँहरुले तयार गरेको चित्रकलाबाट प्रभावित भएको छु । यस्ता प्रतियोगिताले उहाँहरुलाई अवसर दिएको छ,’ अभिनेत्री नम्रतााले भनिन् । हाल नयाँ फिल्मको तयारीमा व्यस्त नम्रता बहिरा र अपांग युवायुवतीहरुलाई अवसर दिनुपर्ने बताउँछिन् ।

