फिल्म अभिनयबाट ओझेल परेर निर्देशनमा आफ्नो पाइला अगाडी बढाउन लागेकी अभिनेत्री झरना थापाले म्यूजिक भिडियोमा पनि अभिनय गर्न भ्याएकी छिन् । फिल्ममा कुशल अभिनय गर्ने झरनाले बेला बेला भिडियो मार्फत पनि आफ्नो अभिनय कला प्रस्तुत गर्ने गर्दछिन् ।
.jpg)
केहि दिन अगाडी मात्रै झरनाले ‘फूल जस्तै जुन पनि’ बोलको गीतको भिडियोमा अभिनय गरेकी छिन् । भिडियोमा झरनालाई दिपेन्द्र घिमिरेले साथ दिएका छन् । फिल्ममा र भिडियोमा काम गर्दाको आनन्द छुट्टै हुने झरनाले बताईन् । 'म खासै भिडियो गर्दिन । गीत मन परेको खण्डमा मात्र गर्छु,' झरनाले सुनाइन् । फिल्म अभिनयबाट बिस्तारै पछि हट्दै मेकिङतिर सोझिने उनको सोच छ ।
.jpg)
प्रमोद खरेलको स्वर रहेको यो गीतमा भरत मल्लको शब्द, ठाकुर प्रताप दुलालको संगीत छ । विशेष पौडेलले निर्देशन गरेको भिडियोको छायांकन धुलिखेल र दोलालघाटमा गरिएको हो ।

