Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

योगेश्वर अमात्य भिलेन बन्ने

फिल्मीखबर, काठमाण्डौ, 2014/06/10

एक्सन र लभस्टोरी दुवैलाई समेटेर निर्माण हुन लागेको फिल्म ‘अखडा’ आगामी जेठ २९ गतेबाट सुटिङका लागि फ्लोरमा जाने भएको छ । इञ्जोय मुभिजको व्यानरमा आशिककुमार ठाकुरले निर्माण गर्न लागेको फिल्ममा पप गायक योगेश्वर अमात्य खलनायकको भूमिकामा देखिने भएका छन् ।

 

राजु महर्जन कार्यकारी निर्माता रहेको फिल्मको निर्देशन विभु श्रेष्ठ र सुवास जिसीले संयुक्त रुपमा गर्न लागेका हुन् । फिल्मबारे जानकारी दिन मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक जिसीले भने,‘फिल्ममा दर्शकले केही फरक स्वाद भने अवश्य पाउनेछन् ।’


फिल्ममा योगेश्वरबाहेक धिरेन शाक्य, नन्दिता केसी, श्रीकृष्ण न्यौपाने, अनुप स्थापित, उदय अधिकारीलगायतको अभिनय रहेको छ । दयाराम कार्की र निलकुमार श्रेष्ठ सह-निर्माता रहेको फिल्ममा सोनाम लामाको द्वन्द्व, सन्तोष प्रगाढको संगीत, शंकर अधिकारी ‘घायल’को गीत, सुरेन्द्र भण्डारीको नृत्य, विभु श्रेष्ठको कथा/संवाद, सुवास जिसीको पटकथा र राहुल राईको छायांकन रहेको छ । 

Most Visited News (monthly)