जेठ ३० गते शुक्रबार रिलिज हुने फिल्म ‘मुखौटा’ सेन्सर पास भएको छ । चलचित्र जाँच पास समितिले यो फिल्मलाई एडल्ट प्रमाणपत्र उपलब्ध गराएको छ । एडल्ट प्रमाणपत्र प्राप्त ‘मुखौटा’ लाई १६ वर्ष भन्दा मुनिका बालबालिकाले हेर्न पाउने छैनन् ।
फिल्ममा समावेश सम्वाद तथा दृश्यलाई आधार मान्दै ‘मुखौटा’ ले एडल्ट प्रमाण पत्र पाएको हो । फिल्मको कुनै पनि दृश्य तथा संवादलाई सेन्सर कैंची चलाएको छैन । अभिनेता अर्पण थापा निर्देशित फिल्म ‘मुखौटा’ ले शहरका माफियाहरुको कथा भन्ने छ । गायक तथा ठमेलमा रिफ रेष्टुरेन्ट सञ्चालन गर्दै आएका रविन श्रेष्ठको ‘मुखौटा’ मा लगानी छ ।
‘मुखौटा’ मा सुनिल थापा, राजेश हमाल, निर्देशक थापा, सौगात मल्ल, दयाहाङ राई, निशा अधिकारी, हर्षिका श्रेष्ठ, रविन तामाङ र प्रशान्त ताम्रकारको अभिनय छ । सुनिल थापाले ‘मुखौटा’ को प्रचार प्रसारमा व्यापक साथ दिइरहेका छन् । यो फिल्मले युवा जमातलाई हल सम्म तान्ने अपेक्षा गरिएको छ ।

