Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नयाँ नै नयाँको `नागबेली`

फिल्मीखबर, काठमाण्डौ, 2014/06/11

एक सय बढी फिल्ममा कलाकारलाई नचाएका गोविन्द राई ‘नागबेली’ बाट फिल्म निर्देशक भएका छन् । गोविन्दको पहिलो निर्देशकिय फिल्म ‘नागबेली’ फिल्म असार २७ गते अल नेपाल प्रदर्शनमा आउँदैछ ।



विदेश जान बाध्य युवाको कथामा आधारित ‘नागबेली’ मा निर्देशक राई मात्रै नयाँ होइनन् स्क्रिप्ट राइटरदेखि, कलाकार तथा संगीतकारसम्म नयाँ छन् । फिल्मको समिक्षा खरो रुपमा गर्ने दिपेन्द्र लामा यो फिल्मका स्क्रिप्ट राईटर हुन् । लामाको स्क्रिप्टमा ‘नागबेलाी’ कस्तो बनेको छ ? प्रतिक्षित छ ।

त्यस्तै गायिका शितल मोत्तानले पहिलो पटक फिल्म ‘नागबेली’मा संगीत दिएकी छिन् । शितलले फिल्मको एउटा गीतमा संगीत दिएकी छिन् । शितलका बुवा संगीतकार शिलाबहादुर मोक्तान र गीतकार रमण घिमिरे पहिलो पटक पर्दा देखिदै छन् ।

फिल्ममा महत्वपुर्ण भूमिका निभाएका सम्भव श्रेष्ठ ‘नागबेली’बाट नायकको रुपमा डेव्यु गर्दैछन् । सम्भव यतिबेला थिएटरमा अभिनय सिक्न व्यस्त छन् । सम्भवसँगै फिल्ममा कलाकार दयाहाङ राई, यशराज गराच, हर्षिका श्रेष्ठ, विक्की मल्ल, सुरभी जैन, अशोक फुयाँल लगायतको अभिनय छ । निर्देशक राईकी धर्म बहिनी रोमियन लिम्बुले पहिलो पटक ‘नागबेली’ मा लगानी लगाएकी छिन् ।

Most Visited News (monthly)