Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

यस्तो देखिए पुन्टे संयम (ट्रेलर हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2014/06/11

साउन २ गते अल नेपाल प्रदर्शन हुने फिल्म ‘पुन्टे परेड’को ट्रेलर सार्वजनिक गरिएको छ । प्रेसमिट गर्दै सुवास कोइराला निर्देशित यस फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

प्लस टु पढ्ने विद्यार्थीको मनोविज्ञानलाई मुख्य विषय बनाइएको फिल्मको शिर्ष रोलमा कलाकार संयम पुरी छन् । ‘सायद’ पछि संयमको दोश्रो फिल्म ‘पुन्टे परेड’ प्रदर्शन हुँदैछ । संयमसँगै यो फिल्ममा एन्जिला दाहाल, निलु डोल्मा शेर्पा, रबिन्द्र खड्का, गीत अधिकारी, नाजिर हुसेन, सरोज श्रेष्ठ, स्वेता थापाको सातमा अभिनेत्री प्रियंका कार्कीको विशेष भूमिका छ । प्रियंकाले यस फिल्ममा कोरियोग्राफी समेत गरेकी छिन् ।

ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक कोइराला, प्रियंका र संयमले युवा दर्शकले ‘पुन्टे परेड’ लाई रुचाउने आशा व्यक्त गरे । हरी महत प्रस्तुतकर्ता रहेको फिल्ममा सुरज कोइराला र अनिल अधिकारीको पनि लगानी छ ।

 

परिकल्पना कलाकार निलु डोल्मा शेर्पाकै हो भने पटकथा शान बस्न्यातको छ । संगीत तारा प्रकाश लिम्बु र टेकेन नन्द लामाको छ । बाबु श्रेष्ठ फिल्मका छायाँकार हुन् । ‘पुन्टे परेड’लाई दर्शना आर्टस्ले वितरणको जिम्मा लिएको छ ।

 

Most Visited News (monthly)