Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`पारिवारिक` भन्दा प्रज्ञा प्रतिष्ठानमा हाँसो र ताली

फिल्मीखबर, काठमाण्डौ, 2014/06/11

दोश्रो संस्करणको ' मिन्स्क अनलाईन फिल्मीखबर अवार्ड (ओफा) २०७१' सभ्य र भव्य रूपमा सम्पन्न भएको छ । जेठ २६ गते कमलादिस्थित प्रज्ञा प्रतिष्ठान भवनमा सम्पन्न ओफा अवार्डका प्रमुख अतिथि सञ्चारमन्त्री मिनेन्द्र रिजाल थिए ।

 



मन्त्री रिजाल कार्यक्रम अवधीभर नै उपस्थित रहे । सञ्चारमन्त्री, महजोडी एवं अन्य फिल्मकर्मीद्धारा स्व।शिव रेग्मीलाई लाइफटाइम अचिभ्मेन्ट अवार्डद्धारा सम्मान गरियो । ज्ञानु रेग्मीले स्व।निर्देशक रेग्मीको सम्मान ग्रहण गरेकी थिइन् । सम्मान पूर्व देखाइएको स्व।निर्देशक रेग्मीको भिडियो बायोग्राफीले सबैको आँखा रसाएका थिए ।

शिव रेग्मीको उक्त भिडियोबाट मौन भएको माहोल मुस्कान पासा (सिताराम कट्टेल र सुरविर पण्डित) को इन्ट्रीसँगै तात्न पुग्यो । नेपाली हिरो हिरोइनलाई निकै नै छेडछाड गरिएको मुस्कान पासाको उक्त प्रस्तुतीले सबैलाई पेट मिचिमिचि हाँस्न बाध्य गरायो । सँगै अभिनेता गजित विष्ट, कोरियोग्राफर गम्भिर विष्ट र अभिनेत्री निष्मा घिमिरेको सामुहिक नृत्य प्रस्तुतीले पनि ओफा अवार्डको माहोललाई गर्माएको थियो ।

गजित, उनका भाई गम्भिर र निष्माको संयुक्त नृत्यले सहभागीबाट गडगडाहट ताली पाउन सफल भयो । यी तीनको लागि त्यो भन्दा बढी ताली र हाँसोको पर्रा त्यतीबेला छुट्यो जतिबेला कार्यक्रम सञ्चालक सुशिल नेपालले पारिवारिक नृत्य भन्दै प्रशंसा गरिदिए ।

सुशिलले ‘दाजु, भाई अनि...पारिवारिक नृत्य’ के भनिदिएका थिए सञ्चारकर्मीको भिडमा ताली र हाँसो बर्सियो । किन हाँसो र ताली बर्सियो ? नबुझ्नेहरु ओफा अवार्डमा एक अर्काको कानेखुसी गर्न तर्फ लागे ।

Most Visited News (monthly)