Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.50/5.00)
Text size:-
+
-

भदौ ६ मा नम्रता भर्सेस नम्रता

फिल्मीखबर, काठमाण्डौ, 2014/06/11

भदौ ६ मा नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको ‘ताण्डव’ र ‘जिन्दावाद’ प्रदर्शन हुने भएको छ । उक्त मिति नम्रता भर्सेस नम्रता हुनेछ ।

नम्रता श्रेष्ठ र आशिष राना ‘लाउरे’ को मुख्य भूमिका रहेको फिल्म ‘ताण्डव’ लाई भदौ ६ मा मनोज राठी समुहले मोफसल वितरण गर्दैछ भने काठमाण्डौमा फिल्म निर्माण कम्पनी स्म्यासिङ एप्पल स्वयम्ले वितरण गर्दैछ । लागुऔषध सम्बन्धिको ‘ताण्डव’ लाई मुर्रे केरले निर्देशन गरेका हुन् । यो फिल्मको हाल पोष्ट प्रोडक्सन चल्दैछ ।

त्यस्तै नम्रताको अर्को फिल्म ‘जिन्दावाद’ हाल पोष्ट प्रोडक्सनमा छ । ‘जिन्दावाद’ मा नम्रता सँगै बिनय भट्ट, दयाहाङ राईको मुख्य भूमिका छ । फिल्ममा नम्रता पत्रकारको भूमिकामा प्रस्तुत भएकी छिन् । नम्रता भर्सेस नम्रताको भदौ ६ मा अभिनेत्री गरिमा पन्त ‘ठूली’ बनेर आउँदैछिन् । ‘ठूली’ मा गरिमा सँगै अभिनेता जिवन लुईंटेलको मुख्य भूमिका छ ।

दुई वटा फिल्म एकसाथ प्रदर्शन हुनुलाई सामान्य मानिए पनि तीन वटा फिल्म एकसाथ जुध्नुलाई भने व्यवसायिक हिसाबले जोखिम मानिन्छ ।

Most Visited News (monthly)