'मिन्स्क अनलाइन फिल्मीखबर अवार्ड (ओफा) ०७१'का पपुलर अभिनेता र दयाहाङ राई र अभिनेत्री प्रियंका कार्कीलाई पूर्व प्रधानमन्त्री एवं एमाओवादीका शिर्ष नेता बाबुराम भट्टराईले बधाई दिएका छन् । ओफा अवार्ड सम्पन्न भएको भोलीपल्ट मंगलबार मोबाइलमा सन्देश पठाउँदै बाबुरामले ओफा पपुलर दयाहाङ र प्रियंकालाई बधाई ज्ञापन गरेका हुन् ।


पूर्व प्रधानमन्त्री बधाईयुक्त सन्देश पाएपछि दयाहाङ र प्रियंका मख्ख छन् । दुवै भन्छन्, ‘हाम्रो लागि यो बधाई अविस्मरणीय नै रह्यो ।’ प्रियंकाले शुरूमा विश्वास नलागेको बताउँदै बुझ्दै जाँदा बाबुरामकै सन्देश भएको थाहा पाएपछि आफूले 'धन्यवाद' दिएको बताईन् । यसअघि बाबुरामले चलचित्र पत्रकार संघको निर्वाचनमा विजयी शान्तिप्रियलाई पनि मोबाइल संवादमै बधाई दिएका थिए ।
सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालको विशेष आतिथ्यमा यही सोमाबार दोश्रो संस्करणको ओफा अवार्ड सम्पन्न भएको थियो । जहाँ मन्त्रीले पनि अवार्डमा विजयी सम्पूर्णलाई बधाई दिएका थिए । मन्त्री रिजाल कार्यक्रम समापनको बेलासम्म नै अवार्डमा बसेका थिए ।
अवार्ड बिजेतालैअी मन्त्री तथा नेताले बधाई दिनु कार्यक्रमको सफलता रहेको ओफा अध्यक्ष सुमन गैरेले बताए । यस्तै उनले पनि कार्यक्रमलाई सफल पुर्याउन सहयोग पुर्याउने सम्पूर्ण प्रायोजक, सहयोगी संघसंस्था, फिल्मकर्मी, सञ्चारकर्मी लगायतप्रति आभार प्रकट गरे ।

