Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 5.00/5.00)
Text size:-
+
-

`हिरोज` बनेर आउँदैछिन् करिश्मा

फिल्मीखबर, काठमाण्डौ, 2014/06/12

अभिनेत्री करिश्मा मानान्धरले आफु केन्द्रित फिल्मको सुटिङ सुरु गरेकी छिन् । करिश्मा केन्द्रित फिल्मको नाम ‘हिरोज’ हो । एनबि महर्जनको निर्देशन रहेको यो फिल्मको सुटिङ बिहिरबारदेखि पोखराबाट सुरु भएको छ ।

 ‘जस्तो पायो त्यस्तै फिल्ममा अभिनय नगर्ने’ भन्ने अडान राख्दै आएकी करिश्मा ‘हिरोज’ मा दमदार रोलमा प्रस्तुत हुने बताउँछिन् । । यो फिल्ममा करिश्माको रोल नारी अत्याचार विरुद्ध लड्ने हुनेछ । यद्पी निर्देशक महर्जन र करिश्माले भूमिका बारे धेरै बताउन चाहेका छैनन् ।

करिश्मा अभिनित ‘वान वे’ फिल्म प्रदर्शनको पर्खाइमा छ । ‘हिरोज’मा करिश्माको साथमा मुकेश ढकाल र जयकिसन बस्नेतको अभिनय छ । शिव ढकालले खिचिरहेको यो फिल्ममा टंक बुढाथोकी र किशोर चौधरीको संगीत छ । लगानी लक्ष्मी लामा र शेखर लामाले संयुक्त रुपमा गर्दैछन् । फिल्मको सुटिङ केही साता पोखरामा चल्नेछ ।

Most Visited News (monthly)