दुई बर्ष अगाडीदेखि रिलिज हुने भनिएको फिल्म 'मेरो भ्यालेन्टाइन' साउने झरीमा रिलिज हुने भएको छ । झरीको मौसम मानिने साउन महिनाको १६ गते यो फिल्म रिलिज हुने छ । निर्माता सुशिल श्रेष्ठले उक्त मितिमा फिल्म रिलिज गर्न पूर्ण रूपमा तयार भएको बताए ।

सफ्ट इमेज द्वारा निर्मित यस फिल्मका लेखन तथा निर्देशक सुरज सुब्बा ‘नाल्बो’ हुन् । फिल्ममा निशा अधिकारी, बाबु बोगटी, स्वतन्त्र प्रताप शाह र सुस्मिता ढकालको अभिनय रहेको छ । प्रेमकथामा बनेको यो फिल्ममा शम्भु सापकोटाको छायाँकन, बनिश शाहको सम्पादन, सुगम पोखरेल, बाबु बोगटी तथा स्वप्निल शर्माको संगीत रहेको छ ।

