Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

मुखौटालाई विश्वकप बाधक ?

फिल्मीखबर, काठमाण्डौ, 2014/06/12

ब्राजिलमा हुने विश्वकप फुटबल र नेपाली फिल्म ‘मुखौटा’ ले शहर गर्माएको छ । ब्राजिलमा विश्वकप सुरु भएको केही घण्टामा नेपाली हल हलमा फिल्म ‘मुखौटा’ प्रदर्शन हुनेछ । वर्ष ०७१ मा व्यवसायिक सफलता हात पार्ने फिल्मको रुपमा हेरिएको ‘मुखौटा’ शुक्रबार जेठ ३० गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ ।

अभिनेता अर्पण थापाको डेव्यु निर्देशन रहेको यो फिल्ममा निर्देशक थापा सहित सुनिल थापा, राजेश हमाल, सौगात मल्ल, दयाहाङ राई, निशा अधिकारी, हर्षिका श्रेष्ठ, रविन तामाङ, प्रशान्त ताम्रकार लगायतको मुख्य भूमिका छ । रविन श्रेष्ठ ‘मुखौटा’ मार्फत निर्माता बनेका छन् ।

बिहिबार साँझ प्रिमियर गरिने ‘मुखौटा’ लाई वल्र्डकप चुनौती बन्न सक्छ । ब्राजिलमा हुने विश्वकप फुटबलमा रम्ने दर्शक घुइँचो हलमा देखिएला ? बाधक बनेको विश्वकपलाई पन्छाएर ‘मुखौटा’ को व्यापार सुखद् रहेमा नेपाली फिल्मकर्मीमा रौनक थपिने छ ।

Most Visited News (monthly)