फिल्मकर्मीद्धय सुरेशदर्पण पोखरेल र अभिनेत्री मेलिना मानान्धर तथा बिमल संग्रौलालाई सेन्सर वोर्डमा नियुक्त गर्ने मन्त्री स्तरीय निर्णयलाई कार्यान्वयन नगर्न नारायण प्रसाद शाहको एकल इजालसले दिएको अन्तरिम आदेश खारेज भएको छ ।
बिहिबार पाटन पुनरावेदन अदालतको सुस्मलता माथेमा र बिमल प्रसाद ढुङ्गेलको संयुक्त इजालसले अन्तरिम आदेशलाई खारेज गरेको हो । अन्तरिम आदेश खारेज भएसँगै मेलिना, सुरेश र बिमल बिहिबारै सेन्सर वोर्ड फर्किएका छन् ।
गैर फिल्मकर्मी उषा लोहनी र भुमिका सुब्बालाई हटाएर सञ्चारमन्त्री मिनेन्द्र रिजालले फिल्मकर्मीद्धय र संग्रौलालाई सेन्सर वोर्ड सदस्यमा नियुक्त गरेका थिए । हित विपरित भएको भन्दै तत्कालिन यी दुई सदस्यले मन्त्री स्तरीय निर्णय विरुद्ध अदालत मुद्धा दर्ता गराएका थिए ।

