Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नारी अत्याचार विरुद्ध `मिसन फोर ट्वान्टी`

फिल्मीखबर, काठमाण्डौ, 2014/06/12

एक समय हिट फिल्म दिएका निर्देशक दयाराम दाहाल ‘मिसन फोर ट्वान्टी’ फिल्म लिएर फर्किएका छन् । निर्देशक दाहाल निर्देशित यो फिल्म असार ६ गते अलनेपाल प्रदर्शन हुँदैछ । निर्देशक दाहालले ‘मिसन फोर ट्वान्टी’ लाई नारी प्रधान बनाएका छन् ।

 



निर्देशक दाहालले यो फिल्म वर्तमान नारी माथि हुने अन्याय अत्याचारको विषयलाई उठाएको बताए । फिल्ममा महिमा सिलवाल र कृष्टि पौडेलको मुख्य अभिनय छ । नारी शोषण विरुद्ध ‘मिसन फोर ट्वान्टी’ ले आवाज उठाउने निर्माता कुमार विष्ट बताउँछन् । निर्माता विष्ट भन्छन्, ‘नारी दर्शकका लागि हाम्रो फिल्म विशेष उपहार हो ।’ यो फिल्ममा अभिनेताद्धय सुमन सिंह र निर्मल सेञ्चुरीको पनि अभिनय छ ।

Most Visited News (monthly)