
फिल्म ‘वर्ल्ड कप इन नेपाल’ लाई प्रिमियरमा रुचाइएको छ । वैशाख ९ गते साँझ सम्पन्न प्रिमियरमा सहभागी एन्फा अध्यक्ष गणेश थापाले ‘वर्ल्ड कप इन’ नेपालको मुक्तकण्ठले प्रशंसा गरे ।

आगामी शुक्रबार देशभर एकसाथ रिलिज हुन लागेको फिल्म् 'नोभेम्बर रेन'ले दर्शकसँग प्रत्यक्ष सहभागी भएर फिल्मको पब्लिसिटी गर्ने भएको छ ।

नेपाल चलचित्र विकास कम्पनी (एनएफडिसी) ले आयोजना गर्दै आएको एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारको दोस्रो संस्करणको प्रारम्भिक मनोनयन भाग ३ सार्वजनिक भएको छ । हरेक चार-चार महिनामा सार्वजनिक गरिने प्रारम्भिक मनोनयनको भाग ३ अन्र्तगत २०७० पौष १ देखि चैत्र मसान्तसम्म सार्वजनिक प्रदर्शनमा आएका कुल २८ फिल्मको मुल्यांकन गरिएको छ ।

फिल्मको सुटिङमा व्यस्त हुन लागेका अभिनेता मुकेश ढकालको वैशाख ९ गते जन्मदिन हो । एक दर्जन बढी फिल्ममा अभिनय गरेका मुकेशलाई फिल्मीखबर डट कम परिवार जन्मदिनको शुभकामना !

पाँच वटा फिल्म निर्माणबाट लगानी सुरक्षित गर्न नसकेका मोहनकृष्ण श्रेष्ठले पुनः फिल्म निर्माण गर्ने भएका छन् । ‘कन्यादान’, ‘राज’, ‘वर्षात’, ‘फुलस्टप’,‘ वर्षात’ र ‘फुलस्टप’ फिल्म निर्माण गरेका श्रेष्ठले ‘पुनर्जन्म’ नामक फिल्म निर्माणको तयारीमा छन् ।

अभिनेत्री रेखा थापाले फूलपाती रिलिजको फिल्म ‘हिम्मतवाली’का को-स्टार सुदर्शन गौतमसँग आफ्नो प्रेम रहेको स्विकार गरेकी छिन् । कान्तिपुर दैनिकका सुशील पौडेलसँगको कुरामा रेखाले भनेकी छिन्, ‘म उसलाई माया गर्छु । तर यो लुकीछिपी गरिने जस्तो लभ पनि होइन । अनि मेरो कारण उसको परिवारमा पनि असर गर्दैन ।’

