मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`धौली`मा गजित र अनु

फिल्मीखबर, काठमाण्डौ, 2014/06/17
जातीय छुवाछुत प्रथामाथि अर्को एक नयाँ फिल्म निर्माण हुने भएको छ । ‘धौली’ नाम दिएर घनश्याम लामिछानेले यो विषयमाथि फिल्म निर्देशन गर्ने भएका हुन् । उनले यो फिल्मलाई सामाजिक फिल्मको संज्ञा दिए ।  
 
 
‘धौली’को शिर्ष भुमिका चरित्र अभिनेत्री गीता अधिकारीले निभाउँदै छिन् । गीतासँगै यो फिल्ममा अभिनेता गजित बिष्ट र अभिनेत्री अनु शाहले अभिनय गर्दैछन् । यही असार १५ गते फिल्मको छायाँकन सुरु गर्ने तयारी हुँदैछ । कास्की जिल्लाको पोखरा र भुर्जुङ खोला गाउँमा फिल्मको छायाँकन हुनेछ ।
 
 
‘धौली’ मा शम्भू थापा, सन्तोष आत्रेय र अर्जुन बोहोराको संयुक्त लगानी रहनेछ । फिल्मको कथा निर्माता आत्रेय स्वयम्ले तयार गरेका हुन् ।