Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17905 - 17910 of 24016
फिल्मीखबर, काठमाण्डौ, 2014-04-24, बिहिवार

जेठ २ बाट प्रदर्शनमा आउने फिल्म ‘आवरण’ले अनुहार पोत्ने काम गरेको छ । ‘आवरण’ युनिटले यसै साता राजधानी स्थित ‘काठमाण्डौ फन भ्याली’मा फेस पेन्टिङ गरेको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-24, बिहिवार

वैशाख १२ गते प्रदर्शन हुने फिल्म ‘नोभेम्वर रेन’ लाई अभिनेता आर्यन सिग्देलको फिल्मी करिअरसँग प्रत्यक्ष रुपमा जोडेर हेरिएको छ । अघिल्ला असफल फिल्मबाट राहत पाउन आर्यनको ‘नोभेम्वर रेन’ चल्नु पर्ने हुन्छ । अभिनेता सिग्देल ‘नोभेम्वर रेन’ का निर्माता समेत हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-23, बुधवार

कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने साप्ताहिक टक शो ‘दिशानिर्देश’ मा पर्दामा आमाको भूमिका निर्वाह गर्नुहुन्छ ? भन्ने प्रश्नमा अभिनेत्री करिश्मा मानन्धरले आपत्ती जनाएकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-23, बुधवार

‘लुट’ पश्चात नयाँ धार भनिने फिल्मको व्यवसाय सर्वाधिक हुन सकेको छैन । यद्पी नयाँ धारका फिल्मले नेपाली मौलिक विषयको उठान भने गरेका छन् । यस्तै मौलिक विषय बोकेको फिल्म ‘रेड मनसून’ आउँदो वैशाख २६ गते अल नेपाल प्रदर्शन हुँदैछ । यही मितिमा मूलधारका दुई फिल्म ‘दमदार’ र ‘मेरो वेस्ट फ्रेन्ड’ प्रदर्शन हुँदैछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-23, बुधवार

सुटिङ सकिएको तीन वर्ष पछि प्रदर्शनमा आउने लागेको फिल्म ‘मेरो वेस्ट फ्रेन्ड’ को प्रचारमा मुख्य दुई अभिनेत्रीको अभाव हुने भएको छ । अभिनेत्री प्रियंका कार्की र केकी अधिकारी एउटै मितिमा एउटै फिल्मको सुटिङमा व्यस्त हुने भएपछि ‘मेरो वेस्ट फ्रेन्ड’ को प्रचार प्रसारमा सहभागी हुन नपाउने भएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-23, बुधवार

अभिनेत्री नम्रता श्रेष्ठ वर्तमान फिल्म क्षेत्रकी व्यस्त अभिनेत्री हुन् । एउटा फिल्म खेले वापत मोटै रकम लिने नम्रता स्वयम् दाबी गर्छिन् । व्यस्त नम्रतादेखि फुर्सदमा रहेकी अभिनेत्री सुष्मा कार्कीसम्म वैकल्पिक व्यावसायतिर सोझिएका छन् । अभिनेत्रीका वैकल्पिक व्यवसाय रेष्टुरेन्ट सञ्चालन देखिएको छ ।

Results : 17905 - 17910 of 24016